तानसेन : पाल्पाको तानसेन नगरपालिका ७ प्रभास बासटारी सालघारीमा भित्री सडकखण्डमा टाटा विङ्गर दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर सोमबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये नरबहादुर कुमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकदेखि १५ मिटर तल खसेको जनाइएको छ ।
घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।