गृहपृष्ठ खबर लुम्बिनी प्रदेशसभा : पौने दुई घण्टा ढिला बसेको बैठक ६ मिनेटमै स्थगित

लुम्बिनी प्रदेशसभा : पौने दुई घण्टा ढिला बसेको बैठक ६ मिनेटमै स्थगित

प्रकाशित मिति:

बुटवल : आजदेखि सुरु भएको लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन ६ मिनेट बसेर स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच २ वटा कार्यसूची माथि कारबाही अघि बढाउँदै आजको बैठक स्थगित गरिएकको हो।

बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना दुई सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म बैठक चल्न नदिने बताएका थिए। एमाले सांसदहरुले विरोध स्वरुप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए पनि सभामुखले प्रदेशप्रमुखले नवौं अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए। यसैगरी उनले प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरुको नाम पढेर सुनाएका थिए।

लुम्बिनी प्रदेशका बिना विभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेपनि त्यस विषयमा सभामुखले आवश्यक कारबाही नगरेको भन्दै एमाललेले संसद अवरुद्ध गरेको हो।

एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई आज विहान पत्राचार गरेका थिए।

यता, लुम्बिनीका प्रदेशसभा सभामुख पूर्ण बहादुर घर्तिले भने पत्र भर्खरै आएको र सचिवालय प्रशासनले आफ्नो काम जवाफ दिएका थिए।

निर्धारित समयभन्दा करिब पौने २ घण्टा ढिला गरी सुरु भएको बैठक विपक्षी दलले अवरोध जनाएपछि अन्य कार्यसूचिमा प्रवेश नै नगरी स्थागित भएको हो। बैठक भोलि दिउसो १ बजे बस्नेगरी स्थागित भएको छ।

सम्बन्धित् समाचार