गृहपृष्ठ खबर एक महिनादेखि आन्दोलनमा होमिएका शिक्षक र प्रहरीबीच झडप

एक महिनादेखि आन्दोलनमा होमिएका शिक्षक र प्रहरीबीच झडप

प्रकाशित मिति:

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै पछिल्लो एक महिनादेखि आन्दोलनमा होमिएका शिक्षक र प्रहरीबीच झडप भएको छ। गत साउन पहिलो साता नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरी रिले अनशनमा उत्रिएका नेपाल शिक्षक संघ र प्रहरीबीच शुक्रबार नगरपालिकामा झडप भएको हो।

एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय सरकारले माग पूरा नगरेको भन्दै संघले मूल कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको छ। झडपका क्रममा शिक्षक संघका नेता वीरेन्द्रसिंह बोहरा, भीमदत्त नगरपालिका– १९ की सदस्य सन्तोषी साउद, नेविसंघ नेता अच्युत कलौनी, इन्द्र साउदलगायत घाइते भएका छन्।

निरन्तर ३५ दिन आन्दोलन गर्दासमेत स्थानीय सरकारले नसुनेपछि संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आएका कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारीमाथि प्रहरीले दमन गरेको शिक्षक संघ कञ्चनपुरका सचिव नवीनसिंह धामीले बताए। उनका अनुसार झडपपछि प्रहरीले दजनौँ सेल अश्रुग्यास प्रहार तथा लाठीचार्ज गरेको छ।

सम्बन्धित् समाचार