कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ३ मा परम्परागत सीप हस्तान्तरणका लागि महिलाहरुलाई ढकीया बनाउने तालिम सुरु गरिएको छ । आदिबासी, जनजाती, थारु महिलाहरुको लोप हुदै गएको परम्परागत सामग्रीको संरक्षणका बुद्धभुमी ३ मोर्मिमा ढकिया निर्माण सम्बन्धि ८ दिने तालीम आज एक कार्यक्रमका बीच सुरु गरिएको हो ।
ढकिया बनाई बिक्री गरेर महिलाहरुले सजिलै आर्थिक आम्दानी गर्न सक्ने भएकाले विपन्न महिलाहरुलाई सहभागी गराएर तालिम दिन सुरु गरिएको बुद्धभुमी नगरपालिका वडा न ३ का वडा अध्यक्ष विकास आचार्यले बताउनुभयो ।
बिशेष गरि लोप हुन लागेका थारु सँस्कृति र रितिरिवाजलाई जगेर्ना गर्न र ढकियालाई बुद्धभुमीकै पहिचानको रुपमा स्थापित गर्नका लागि तालिमको आयोजना गरिएको किर्डाक नेपालका सामुदायिक विकास अधिकृत अमर वि.क.ले बताउनुभयो । तालिममा आदिबासी जनजाती तथा थारु समुदायका १७ जना महिलाहरुको सहभागिता रहेको छ ।