नेपाली कांग्रेस पार्टीको आसन्न १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापतिमा बिरेन्द्र मिश्रको उमेद्धवारी रहने पक्का भएको छ । बिगत ४ दशकबाट कांग्रेसको राजनितिमा सक्रिय रहेका मिश्रले नेपाली कांग्रेस जिल्ला सभापति पदमा उमेद्धवारी दिने भएका हुन ।
वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै मिश्रले आसन्न महाधिवेशनमा जिल्ला सभापति पदका लागी २ भोट आएपनि चुनाव लड्ने बताएका छन । सबै साथीले अवसर पाए, सदै म सहिद हुने कुरा भएन उनले भने । जिल्लाका सबै साथी जसले अवसर पाए उहाँहरुले फेरी २ पदको जिम्मेवारी लिनु गलत भएको बताउँदै अहिलेको अवस्थामा पछि पर्ने कुनै आधार नभएको बताए ।
मेरो बागे्रनिङका लागी होइन, उमेद्धवारीका लागी हो मिश्रले बताए । मिश्र बिगत ४ दशकबाट राजतिनिमा सक्रिय रहेका छन ।