काठमाण्डौ : प्रतिनिधि सभाका सांसदहरूले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवारको बैठकमा बोल्दै समितिका सदस्यहरूले दुई र दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।
सांसद जयपुरी घर्तीमगरले विना विकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताउनुभयो । समितिका सभापतिसमेत रहनुभएकी उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको भनी सरकारलाई प्रश्नसमेत गर्नुभयो ।