चितवन : खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जको अमल्टारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीको ‘हात्ती स्विपिङ अपरेसन’को क्रममा ०७६ भदौ ३१ मा खाग काटिएको गैँडाको हाडखोर भेटेको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुसन्धानको क्रममा १५ प्रतिवादीहरूको विभिन्न सांगठनिक तहमा संलग्नता रहेको खुल्न आए पनि पाँचजनालाई प्रकाउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालत नवलपुरमा बझाइएको छ। बाँकी १० प्रतिवादीको खोजीकार्य जारी रहेको उनले बताए।