गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न : बार्षिक समिक्षा कार्यक्रम भदौ ११ गते

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न : बार्षिक समिक्षा कार्यक्रम भदौ ११ गते

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाका मेयर मंगलप्रसाद थारुको अध्यक्षतामा बसेको कार्यपालिका बैठक विभिन्न महतवपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । नगरपालिको सभाहलमा सम्पन्न बैठकले आर्थिक बर्ष २०७८/०७९ मा उपभोक्ता समितिमार्फत संचालन हुने योजनाहरुको लागी भदौ मसान्त भित्र उपभोक्ता समिति गठन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा कार्यक्रम यही भदौ ११ गते ११ बजे नगरपालिको सभा हलमा गर्ने निर्णय समेत गरेको छ । यस्तै वर्षाका कारण जीर्ण बनेका सडकको मर्मत संभार गर्न बजेट छुट्टाउने समेत निर्णय गरिएको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । तर कुन वडालाई कति बजेट विनियोजन गर्ने भन्ने बारे कुनै निर्णय नभएको प्रवक्ता पौडेलको भनाई छ ।

यस्तै बैठकले नगरभित्र अनियमितता देखिएका ११ वटा सहकारीहरुको खारेजी प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको छ । उक्त बैठकले कक्षा ८ को बौद्ध शिक्षा पाठ्क्रम पारित गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाका मेयर मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकमा नगर उपप्रमुख चक्रपाणी अर्याल, वडाध्यक्षहरु, सम्बन्धित विषयका प्रमुख तथा पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार