गृहपृष्ठ खबर बाणगंगा नगरपालिका वडा नं. ११ का ३ जनालाई एक/एक वटा ट्राई साईकल प्रदान

बाणगंगा नगरपालिका वडा नं. ११ का ३ जनालाई एक/एक वटा ट्राई साईकल प्रदान

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ का ३ जना अपङगता भएका व्यक्तिहरुलाई एक/एक वटा ट्राई साईकल प्रदान गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र तथा स्ट्रोम फाउन्डेसन नेपालको सहकार्यमा संचालित सिड्स कार्यक्रम अन्तर्गत ट्राई साईकल प्रदान गरिएको हो । यो कार्यक्रम बाणगंगा नगरपालिकाका ३ वटा वडा (३, १० र ११) मा संचालन गरिदै आएको छ ।

अपङगता भएका व्यक्तिहरुलाई लक्षित गरि स्थानीय स्वालम्बन समूहको सिफरिसमा ३ जनालाई सो साईकल उपलब्ध गराईएको सिड्स कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक आर.टि. खानले जानकारी दिनुभयो । वडा नंं. ११ मैरिका हरिराम थारु, हतौसाकी बुधनी थारु र मैनाहाराका राधेश्याम थारुलाई एक एक वटा ट्राई साईकल उपलब्ध गराईएको हो ।

ट्राई साईकलको मद्दतले उनीहरुको जीवनमा हिडँडुल गर्न, वडाले उपलब्ध गराएका सेवा सुविधा लिन तथा अन्य कुराको पहुँचमा समेत सहज हुने कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक खानले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित् समाचार