गृहपृष्ठ खबर लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १२ करोड अनियमितता !

लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १२ करोड अनियमितता !

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १२ करोड रुपैयाँ बराबरको अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालमा औषधि खरिद, कोभिड नियन्त्रण तथा रोकथाम कार्यक्रम, सटर भाडा असुली, फार्मेसी सञ्चालन तथा कर्मचारीहरुबाट उठ्नु पर्ने आयकर लगायतका शिर्षकमा अनियमितता भेटिएको हो ।

महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालमा ११ करोड ८२ लाख ७० हजार अनियमितता भेटिएको छ । सार्वजनिक खरिद ऐन विपरित प्रतिष्पर्धा विना नै औषधि तथा स्वास्थ्य सामग्री गरिद गरेको, कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई आवास तथा खाना खर्चका नाममा विवरण नै नखुलाई लाखौ रकम होटलमा भुक्तानी दिएको, नियम विपरित योजनाहरु टुक्राएर विना प्रतिष्पर्धा निर्माण कार्य गराएको, अस्पताल फार्मेसीमा रहेका औषधिहरुको आवश्यक विवरण नराखेको तथा कर्मचारीहरुले आयकर बापत तिर्नु पर्ने रकम नबुझाएको लगाएतका कमजोरीहरु भेटिएका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३१ अनुसार रु।२० लाखभन्दा बढीको खरिद बोलपत्रको माध्यमवाट गर्नुपर्ने व्यवस्था भए पनि ३ करोड २८ लाख ५२ हजार बराबरका औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्दा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा नगराईएको प्रतिवेदनमा उल्लेख छ । अस्पतालले गत वर्षको औषधि खरिदको ठेक्काको दरमा नै खरिद गरी अनियमित रूपले भुक्तानी दिएको भन्दै यसलाई नियन्त्रण गर्न निर्देशन दिएको छ ।

सम्बन्धित् समाचार