गृहपृष्ठ खबर नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

प्रकाशित मिति:

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले दल दर्ताका लागि सनाखत गरेका छन् । निर्वाचन आयोगमा पुगेर केन्द्रीय सदस्य र सांसदहरुले सनाखत गरेका हुन् । सनाखतसँग सम्बन्धित काम सकाएमा निर्वाचन आयोगले आजै दल दर्ताको प्रमाणपत्र दिनसक्नेछ ।

यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले पनि सनाखत गरेका छन् । जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले सनाखत गरेका छन् ।

लोसपा दर्ताका लागि आयोगमा पुगेर प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिनुभएको हो । निलम्बित सांसद रेशम चौधरीले पनि कारागारबाटै मञ्जुरीनामा दिएर नयाँ दल दर्तामा समर्थन गरेका छन् ।

चौधरीसहित प्रतिनिधि सभाका १३ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिनुभयो ।

यसैगरी, जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले बताउनुभयो । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए ।

यौसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत पुर्‍याएको हो ।

हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन् ।

नेकपा ९एस० नेताहरु भने चन्द्रागिरि हिल्समा भएको बैठकबाट सिधै निर्वाचन आएका थिए । उनीहरु टुरिष्टमा एकसाथ आयोग पुगेका हुन् । आयोगले दुबै दलको सनाखतका लागि बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

सम्बन्धित् समाचार