गृहपृष्ठ खबर चन्द्र ढकालद्धारा धितोपत्र बोर्डको संचालक समितिबाट राजीनामा

चन्द्र ढकालद्धारा धितोपत्र बोर्डको संचालक समितिबाट राजीनामा

प्रकाशित मिति:

काठमाडौं : नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट व्यवसायी चन्द्र ढकालले राजीनामा दिएका छन्। उद्योग वाणिज्य महासंघका तर्फबाट ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ। ढकालले महासंघमा आफू धितोपत्र बोर्डको संचालक समिति सदस्य नरहने जानकारी गराएका छन्।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकाल पनि पछिल्लो समय सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिँदै आएका छन्।

बैंकको अध्यक्ष नै नियामक निकाय धितोपत्र बोर्डमा संचालक रहँदा स्वार्थ बाझिने भएकाले ढकालको ठाउँमा अरु नै प्रतिनिधी पठाउने तयारी रहेको महासंघका एक सदस्यले बताए।

सम्बन्धित् समाचार