कपिलवस्तु : हुलाकी सडक निर्माणमा ढिलाई गरिदा तौलिहवा बजार नै अस्तव्यस्त बनेका छन् । तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य बाटोमा ठेकेदार कम्पनी शमौ एन्ड शर्मा कम्पनीले कछुवा गतिमा काम गरेकोले सो बाटोमा अहिले हिडनै मुस्किल परेको छ । बर्षाको कारण देखाउदै ठेकेदार कम्पनीले २ महिना देखि काम गर्न राकेको छ ।
जसले गर्दा जमुहारको नहर देखि प्रशासन चोक नयाटोल हुदै छोटकी तौलिहवा सम्म पर्ने २३ सय ५० मिटर बाटो हिलाम्य बनेका छन् । बाटो निर्माण अलपत्र हुदा बाटोभरी खाल्टा खुल्टीमा पानी जेमेको छ । हिलो, खाल्टा खुल्टी र सडकमा पानी जमेकाले सो बाटो हिडन निकै सास्ती ब्याहोर्नू परेको स्थानीय प्रकशा चत्द्र गुप्ताले बताए ।
गाडीहरु ठाउ ठाउँमा जाममा पर्ने गरेका छन् । गाडी मात्र होइैन पैदल यात्री समेत हिडन निकै गाह्रो पर्ने गरेको छ । बाटो निर्माण रोकिदा पनि यस बारेमा कसैले केही वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन् । युवा नेता गोपीकृष्ण शर्माले निर्माणाधीन बाटोको निर्माण कार्य रोकिएकाले यात्रुहरुले यति धेरै कष्ट खान बाध्य हुदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै आक्रोस पोखे । उनले बाटो निर्माण चाडै सूरु नगरिए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
उता प्रजिअ चक्रपाणी पाण्डेले बाटो निर्माण सुचारु गर्न ठकेदार कम्पनीलाई कडा निर्देशन दिएको बताए । उनले निर्देशन पछि ठकेदारले काम समेत सुरु गरेको बताए । उनले बाटो निर्माणमा स्थानीयबासीेले समेत आवज उठाई रहनु पर्ने बताए ।
उता ठेकेदार कम्पनीका ब्यवस्थापक नबिन शर्माले मौसमले साथ नदिदा चाहेर पनि काम अघि बढाउन नसकिएको स्विकार गरे ।