गृहपृष्ठ खबर भैरहवा विमानस्थलमा जहाज पार्किङको समस्या : जहाज र उडान धेरै

भैरहवा विमानस्थलमा जहाज पार्किङको समस्या : जहाज र उडान धेरै

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङको समस्या देखिएको छ । विमानस्थलमा पार्किङ क्षेत्र सानो र भैरहवाबाट उडान हुने विमानहरुको संख्या धेरै हुन थालेपछि पार्किङको समस्या भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् ।

अहिले विमानस्थलमा घरेलुतर्फ दैनिक ४ वटा मात्रै विमान पार्किङ गर्न मिल्ने भएपनि ७ वटासम्म जहाज पार्किङ गर्न बाध्य रहेको उनी बताउँछन् । उक्त विमानस्थलबाट दैनिकी १७÷१८ उडान सञ्चालन भइरहेको ठाकुरको भनाई छ । मौसमी खराबी, चराचुरुङी लगाएतको अवरोधले उडानमा समस्या हुने गरेर र विमानलाई होल्डमै राख्न बाध्य हुने उनी बताउँछन् ।

विमानस्थलबाट यति एअरलाइन्स, सौर्य एअरलाइन्स, श्री एअरलाइन्स, बुद्ध एअर लगाएतका विमानहरुले उडान भर्ने गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणको कामले गर्दा पनि उडान र पार्किङमा सास्ती खेप्नु परेको उनको भनाई छ ।

सम्बन्धित् समाचार