गृहपृष्ठ खबर एमाले कार्यकर्ताले राप्ती अस्पतालका मेसुलाई दले मोसो

एमाले कार्यकर्ताले राप्ती अस्पतालका मेसुलाई दले मोसो

प्रकाशित मिति:

बुटवल : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहलाई नेकपा एमाले समर्थित विद्यार्थीको एक समूहले मोसो दलेको छ । एमाले निकट भातृ संगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३–४ जनाको समूहले मेसुको कार्यकक्षमै गएर मोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

अस्पतालका प्रमुख सिंहसँग चेकजांचको बिषयमा विवाद गरेर परियारको समूहले उनलाई मोसो दल्नुका साथै दुर्व्यवहार गरेको एसपी काफ्लेले बताए । अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले डा. सिंहलाई मोसो दलेको भन्दै एसपी काफ्लेले बताए ।

घटनामा संलग्नहरुको पहिचान भइसकेको र पक्राउ गर्न मातहतका प्रहरीलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार