गृहपृष्ठ खबर न्यायिक क्षेत्रमा विचौलिया हावी हुँदा भ्रष्टाचार !

न्यायिक क्षेत्रमा विचौलिया हावी हुँदा भ्रष्टाचार !

प्रकाशित मिति:

काठमाडौं : न्यायिक क्षेत्रमा विचौलिया हावी हुँदा भ्रष्टाचार मौलाएको पाइएको छ। न्यायाधीश र मुद्दाका पक्षहरूबीच विचौलियाले सम्पर्क सूत्रको रूपमा काम गर्दा भ्रष्टाचार मौलाएको एक अध्ययनले औंल्याएको छ। न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूको सम्बन्धमा प्रतिवेदन पेश गरेको थियो।

न्यायपालिकाभित्रको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार तथा विचौलिया रोकथामका लागि आवश्यक कार्ययोजना सहितको सुझाव दिन गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन पेस गरेको थियो।

प्रतिवेदनअनुसार विचौलियाहरूको प्रमुख उद्देश्य भनेकै गैरकानुनी काम गराउँछन्। प्रतिवेदनमा छ, ‘प्रभावशाली व्यक्तिहरूको संरक्षणमा विचौलियाहरूले अवाञ्छित गतिविधि सञ्चालन गर्दासमेत यस्ता विचौलियालाई कानुनको दायरामा ल्याएको पाइँदैन। कतिपय न्यायाधीशको सामाजिक कार्यमा विचौलियाहरूले सहयोग गरी न्याय सम्पादन प्रकृयामा प्रभाव पार्ने गरेको छ।’

सम्बन्धित् समाचार