तनहुँ : जिल्लाको व्यास नगरपालिका–५ पतेनीस्थित पक्कीपुल नजिक बाखेतर्फ जाने स्थानबाट चितुवाको आखेटोपहारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट चितुवाको छाला, खप्पर लगायत शरीरका विभिन्न अंगका हड्डी बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं र प्रहरी कार्यालय तनहुँबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट शनिबार राति ती युवाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास–६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र शुक्लागण्डकी–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेको जिल्लाका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराए ।