गृहपृष्ठ खबर वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

प्रकाशित मिति:

जनकपुरधाम : सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए ।

भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेका र खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

सम्बन्धित् समाचार