गृहपृष्ठ खबर ८ सय २८ नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता

८ सय २८ नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता

प्रकाशित मिति:

काठमाडौं : अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार टर्किस एयरको नियमित उडानबाट हिजो ४५ जना फर्किएका थिए ।

मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ । काबुलमा उद्धार उडानको प्रतिक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

सम्बन्धित् समाचार