बुटवल : बुटवल उपमहानगरपालिकाले ई(रिक्साको व्यवस्थापनका काम अगाडि बढाएको छ। ट्राफिक व्यवस्थापनमा मुख्य चुनौती बनिरहेको ई-रिक्सालाई उपमहानगरमा दर्ता गरेर नियामक निकायमा पठाइएपछि उपमहानगरको अर्को एउटा पहल सार्थक बनेको छ।
उपमहानगरले जारी गरेको सूचना र त्यसको अवधिमा कागजातसहित आवेदन दर्ता गराएका एक हजार १८ वटा विद्युतीय ई(रिक्साहरुको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरू नियामक निकायमा सिफारिस गरिएको छ।
बुटवल उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका एक हजार १८ वटा मात्रै ई-रिक्सा चल्न पाउनेछन्। बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि– २०७६ नै बनाएर काम अगाडि बढाएको थियो।