गृहपृष्ठ खबर नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न सुरु

नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न सुरु

प्रकाशित मिति:

नवलपरासी : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न थालेका छन् । गएको बिहीवार नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बाढीले डाइभर्सन बगाए पछि बन्द भएको सडक खण्ड सोमवारदेखि एकतर्फी खुलाइएको थियो।

आजदेखि भने दुईतर्फी नै गाडी चल्न थालेको ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पदम बढुले जानकारी दिनुभयो ।

गाडी वारपारका लागि नयाँ डाइभर्सन बनाए पनि पानी परिरहेकाले हिलो जम्दा दुईतर्फी गाडी चलाउन सकिएको थिएन । अहिले दुईतर्फी नै गाडी चल्न थाले पछि जाम घट्न थालेको छ ।

सम्बन्धित् समाचार