पाल्पा : पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणधीन शीतभण्डार अलपत्र परेको छ ।
निर्माण सम्झौता भएको ९ बर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो ।
४ करोड ९९ लाख लागत रहेको शीतभण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ ।
सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण कम्पनी बीच १८ महिना भित्र २ हजार टन क्षमताको शीतभण्डारको काम सक्ने सम्झौता भएपनि निर्माण कम्पनीले कार्यान्यन नगरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभएको छ ।