भारतमा थप ४२ हजार ७६६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। २९ हजार ६८२ जना संक्रमित केरलामा पहिचान भएका हुन्।
पछिल्लो दुई सातायता भारतमा संक्रमण दर ह्वात्तै बढेको छ। जसकारण सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। हाल भारतभर सक्रिय संक्रमितको संख्या ४ लाख १० हजार ४८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३०८ जना संक्रमितको मृत्यु भएको छ। केरलामामात्रै १४२ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार ५३३ जनाको मृत्यु भइसकेको छ।