गृहपृष्ठ खबर बाणगंगामा भोलिदेखि विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाईदैं

बाणगंगामा भोलिदेखि विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाईदैं

प्रकाशित मिति:

कपिलवस्तु : जिल्लाको बाणगंगा नगरपालिकामा विद्यार्थीहरुलाई एस्ट्राजेनेका खोप दिईने भएको छ । १८ उमेर समुह पुगेका विद्यार्थीहरुलाई १९ विद्यालय र क्याम्पसबाट खोप दिईने भएको हो । नगरपालिकाद्धारा आइतबार जारी गरिएको सूचना अनुसार सोमबार (भोलि), मंगलबार र बुधबार समय तोकेर खोप लगाइने जनाइएको छ ।

जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार जिल्लाका बिभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीको खोप लगाइने छ ।

खोप लगाउन आउँदा विद्यार्थीले विद्यालयले प्रमाणित गरेको नामावली, उमेर खुल्ने प्रमाणसहित परीक्षा प्रवेश पत्र र एक जना अनिवार्य शिक्षक प्रतिनिधि लिएर आउनु पर्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार