गृहपृष्ठ खबर एमसीसी उपाध्यक्ष सुमरको टोली आइपुग्यो काठमाडौं

एमसीसी उपाध्यक्ष सुमरको टोली आइपुग्यो काठमाडौं

प्रकाशित मिति:

काठमाडौं : अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आइपुगेकी छिन्। सुमारसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं ओर्लिएका छन्। कतार हुँदै कतार एअरवेजमार्फत ९:२५ बजे सुमर नेतृत्वको एमसीसी टोली चार दिने नेपाल भ्रमणका लागि आइपुगेका हुन्।

एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला सुमरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सुमरले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, जलस्रोत मन्त्री पम्फा भुसालसँग भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ।

एमसीसी परियोजनाको चौतर्फी विरोध भएपछि सरकारले यसबारे विभिन्न विषयमा प्रस्ट पार्ट अमेरिकालाई पत्र लेखेको थियो। उक्त पत्रको जवाफ अमेरिकाले बुधवार पठाइसकेको छ। अमेरिकाले उक्त सहयोग सम्झौतामा सैन्य उपस्थिति नहुने स्पष्ट पारेको छ।

गत भदौ १८ गते अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको बारेमा सवाल गर्दै पत्र पठाएका थिए। बुधवार जवाफ कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष सुमारले दिएकी हुन्।

जवाफमा यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध नभएको बताइएको छ। एमसीसीलाई लागू हुने अमेरिकी कानुन ९मिलेनिएम च्यालेन्ज ऐन २००३०ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेकोले यस कानुनी बन्देजका बारेमा कम्प्याक्ट स्पष्ट रहेको बताइएको छ।

सम्बन्धित् समाचार