गृहपृष्ठ खबर कपिलवस्तुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाई

कपिलवस्तुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाई

प्रकाशित मिति:

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाइ सरकारी कार्यालयबाट सेवा प्रवाह गर्न शुरु गरेपछि नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरुको भीड बढेको छ । यतिबेला लामो समय देखि नागरिकता बनाउने प्रतिक्षामा रहेका सर्वसाधारणको भीड लागेको हो ।

अहिलेको अवस्थामा प्रशासनबाट मात्रै एक सय नँया नागरिकता र प्रतिलिपी ५० दैनिक जाने गरेका छन् । नागरिकता लिनेहरुको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले टोकन प्रणाली लागू गरेको छ ।

सो कार्यालयले असोज १० गते सम्मका लागि टोकन वितरण गरिसकेको जनाएको छ । नागरिकता बनाउन आउनेहरुले निकै दुःख खेप्नु परेको गुनासो गरेका छन् ।

सम्बन्धित् समाचार