गृहपृष्ठ खबर कपिलवस्तुमा बलत्कारका घट्ना बढ्दै : महिलाको सुरक्षामा ठुलो चुनौती

कपिलवस्तुमा बलत्कारका घट्ना बढ्दै : महिलाको सुरक्षामा ठुलो चुनौती

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा केही बर्ष यता जरबजस्तीकरणी र यौनजन्य घटनाहरु बृद्धि भएका छन् । गत आर्थिक बर्ष करणी र उद्योग गरी ५१ वटा जरबजस्तीकरणीका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । त्यस मध्ये एक घटना अप्राकृपतिक मैथुनको घटना समेत रहेको छ । बलत्कारको घटना बढदै गए पछि प्रहरीलाई महिलाको सुरक्षामा निकै चुनौती खडा भएको छ ।

जरबजस्तीकरणीका घटनाहरु बढी हुन थालेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए । यौनजन्य हिंसामा महिलाहरु आफनै घर परिवार, नातागोता, छिरछिमेकबाट नै पीडीत पछि महिलाहरुको सुरक्षामा चुनौती देखिएको प्रहरीले स्विकार गरेको छ ।

जिल्लामा मात्र होईन देशब्यापीरुमा बलत्कारका घटना बढदै जानु चिन्ताको बिषय भएको र उनीहरुलाई बचाउन धेरै चुनौती देखिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । अधिकांश घटनामा डर त्रास, प्रलोभन, धम्की दिएर करणी गर्ने गरिएको घटनाको अध्ययनबाट देखिएको छ । ५१ बलत्कारको घटना मध्ये १६ बर्ष मुनिका बालिकाहरु धेरै परेका छन् ।

घटनामा १६ बर्ष मुनीका २८ जना रहेका छन । यस्तै कुल घटनामा अबिबाहित ४३ जना पीडीत छन् । ५ वटा घटना भने हाडनाता करणीको रहेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए । आधुनिक प्रबिधिको गलत प्रयोग, यौनजन्य बिकृति, लागुऔषध लगायतका कारण गर्दा बलत्कार घटनाले भयावह रुप लिएको प्रहरी उपरिक्षक कार्कीले बताए ।

सम्बन्धित् समाचार