कपिलवस्तु स् कपिलवस्तुको शिवराज नगरपालिका वडा नं।५ चन्द्रौटा बजार क्षेत्रमा एक व्यक्तिको वेवारिसे शव फेला परेको छ । सोमवार एका विहानै ७ बजे तिरको समयमा शिवराज ५ चन्द्रौटा बजारको मदिना गल्ला भण्डार अगाडि एक व्यक्तिको बेवारिसे शव फेला परेको हो । वडा प्रहरी प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानका खुल्न नसकेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतकको शवको पोष्टमाडमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








