गृहपृष्ठ खबर सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ।एमाले कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले सभामुखले बोलाएको भनिएको सर्वदलीय बैठकमा पार्टीको सहभागिता नहुने जानकारी दिए।

‘सत्तापक्ष र प्रतिपक्षबीचको बैठक छलफल भएमा हामी भाग लिन्छौं,’ उनले भने, ‘तर, सभामुखले बोलाएको सर्वदलीय भनिएको बैठकमा सहभागिता हुँदैन।’

एमाले कारबाही गरेका सांसदहरुले सनाखत गरेर गठन भएको दललेसमेत भाग लिने बैठकमा आफूहरुको सहभागिता नरहने एमालेले प्रष्ट पारेको हो।

सम्बन्धित् समाचार