गृहपृष्ठ प्रदेश नं ३ पश्चिम नवलपरासीबाट २ लाख मूल्य बढीको अवैध हरियो मटर बरामद

पश्चिम नवलपरासीबाट २ लाख मूल्य बढीको अवैध हरियो मटर बरामद

प्रकाशित मिति:

बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए।

बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९० हजार रहेको डीएसपी लामाले बताए। यस्तै, इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले सुस्ता गाउँपालिका(३ फेचुवा पुलबाट लु १ च ७६०८ नम्बरको पिकअप गाडिमा चेकिङका क्रममा एक सय २० बोरामा अन्दाजी ३० क्विन्टल हरियो मटर फेला पारेको छ।

बरामद मटरको अन्दाजी मुल्य २ लाख ४० हजार रहेको छ। नियन्त्रणमा लिइएको मटर, सवारी र चालकहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार