बुटवल : अर्घाखाँचीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी मुद्दामा फरार रहेका जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३० वर्षीय गोकुल बस्नेत सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले जानकारी दिए ।
चोरी मुद्धामा अर्घाखाँची जिल्ला अदालतले २०७६ कात्तिक ३ गते १५ दिन कैद तोकिएकोमा बस्नेत कैद भुक्तान नगरि फरार रहेका थिए ।