गृहपृष्ठ खबर बाँकेमा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

बाँकेमा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

प्रकाशित मिति:

बुटवल : बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरिएका २ लाख ४६ हजार ४४० रुपैयाँ बराबरका अवैध सामग्रीलाई नेपालगन्ज १० बाट बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार बरामद गरिएका सामग्रीमा कुर्ता सुरुवाल, सुपारी, चिनी, गाडी मोटरको पार्ट(पुर्जा, सिसाको गिलास र खसी रहेका छन्। बरामद गरेका सबै अवैध बस्तु तथा सामग्रीलाई सोमवार नेपालगन्ज भन्सारमा बुझाइएको बाँके प्रहरीले बताएको छ।

बाँके प्रहरीको कमान्ड सम्हालेयता एसपी अधिकारीले तस्करीविरुद्ध उत्रन सबै प्रहरी कार्यालयहरुलाई निर्देशन दिदै आएका छन्। प्रहरीले मुख्य भन्सारबाट नभई अन्य चोर बाटो हुँदै नेपालगन्ज ल्याउँदै गरिएका अवैध सामग्री धमाधम बरामद गर्दै आएको छ।

सम्बन्धित् समाचार