गृहपृष्ठ खबर रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री

रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री

प्रकाशित मिति:

बुटवल : रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री गरेको पाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको जग्गा नक्कली जग्गाधनी खडा गरी दुई पटकसम्म बिक्री गरेको पाइएको हो ।

आफ्नो जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको थाहा पाएपछि पीडित गरिब कोहारले वडाध्यक्ष रामजान अलि मियाँसहित ७ जनाविरुद्ध कीर्ते मुद्दामा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको गरिब कोहारको नागरिकताको प्रथम प्रतिलिपीमा अर्कै फोटो टाँसेर नक्कली गरिब कोहार खडा गरिएको छ । ती व्यक्ति को हुन् भन्ने खुलेको छैन । गरिब कोहारको नाममा वडा अध्यक्षले आफ्ना ससुराको नक्कली नागरिकता बनाएर जग्गा बिक्री गरेको पीडितको आरोप छ ।

सम्बन्धित् समाचार