गृहपृष्ठ खबर २ करोड २४ लाखको सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

२ करोड २४ लाखको सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड २४ लाख रुपैयाँ बराबरको सुनको गहनासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका मुरारी राज अधिकारी रहेका छन् ।

आन्तरिक उडानतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई पक्राउ गरिएको हो ।

उनीहरु श्री एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको प्रहरीले जनाएको छ । व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका विभिन्न गहना भेटिएको थियो ।

यस्तै, अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना फेला पारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

सम्बन्धित् समाचार