गृहपृष्ठ खबर मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार हो– डा. पुष्पराज कँडेल

मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार हो– डा. पुष्पराज कँडेल

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पुष्पराज कँडेलले मुलुक बजेटविहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताउनुभएको छ ।

विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शून्यताको स्थिति सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेश गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उहाँले अहिले मुलुक बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताउनुभएको हो ।

बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो ।

नेकपा एमालेका नेता समेत रहनुभएका उहाँले सरकारले आफूलाई चाहिएको डकुमेन्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गर्नुभयो । उहाँले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत भएको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याईएको भन्ने नै स्पष्ट नभएको तर्क गर्नुभयो । उहाँले पुर्ववर्ती सरकारले १५ औँ आवाधिक योजनामा आधारित भएर र दलको घोषणा पत्रमा उल्लेख भएको न्यूनतम साझा कार्यक्रममा आधारित भई बजेट ल्याएको तर प्रतिस्थापन विधेयक भने आधारहिन देखिएको बताउनुभयो ।

सम्बन्धित् समाचार