गृहपृष्ठ खबर विजयनगरमा भुमि तथा कृषि अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजयनगरमा भुमि तथा कृषि अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको विजयनगरमा भुमि तथा कृषि अभ्यास सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार जिल्ला भुमि अधिकार मञ्चको आयोजना र इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानिय सरकार र भुमिको सवाल सम्बन्धी विस्तृत रुपमा ऐन कानुनमा भएका व्यवस्था बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लक्ष्मी कुमारी चौधरीले पालिकामा सरकारले गरेका भुमि सम्बन्धी व्यवस्थाहरु नितिगत कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । सुकुम्बासी आयोग गठन भएलगतै पालिकाले गर्ने एकचरणको कार्य समयमै पुरा गरि काम अगाडि बढेको बेला थप अधिकार परियोजनको लागि भुमि सम्बन्धी हुनु पर्नेमा जोड दिनुभयो ।

सम्बन्धित् समाचार