गृहपृष्ठ खबर लुम्बिनीका छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको ज्यान गयो

लुम्बिनीका छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको ज्यान गयो

प्रकाशित मिति:

रुपन्देही : लुम्बिनी प्रदेशका बेग्लाबेग्लै स्थानमा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको हो । प्राप्त सूचनाअनुसार बाँके जिल्लामा बसमा सवार एक यात्रुले झ्यालबाट बाहिर टाउको निकाल्दा पुलको खम्बामा ठोक्किएर उनको मृत्यु भएको छ ।

यता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतगढी उपमहानगरपालिक–११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापती रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित् समाचार