गृहपृष्ठ खबर सेयर बजारमा निरन्तर ओरालो, ७६ अंकले घट्यो नेप्से

सेयर बजारमा निरन्तर ओरालो, ७६ अंकले घट्यो नेप्से

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारमा ओरालो लाग्‍ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ ।

नेप्से परिसूचक ७६.६५ अंकले खस्किएको छ । २.६५ प्रतिशतले घटेर नेप्से २८१२.३८ बिन्दुमा पुगेको हो ।

जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ ।

सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह २ प्रतिशतभन्दा बढी दरले घट्यो । ट्रेडिङ, होटल एन्ड टुरिजम्‌, माइक्रोफाइनान्स र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । एक लाख १३ हजार आठ सय ७ पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय ८ कित्ता सेयर ९ अर्ब तीन करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा बढी छ ।

सम्बन्धित् समाचार