गृहपृष्ठ खबर रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिति:

बुटवल : रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् ।

आगोलागीबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको थिए । थारुको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।

माइति पक्षले ज्वाईले आगो लगाए छोरीको हत्या गरेको भन्दै प्रहरीमा बुधबार जाहेरी दिएका थिए । माइती पक्षले हत्या भएको भन्दै प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले सिताका श्रीमान् २९ वर्षीय रञ्जित थारुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक रिजालले बताए ।

सम्बन्धित् समाचार