गृहपृष्ठ खबर शिशुको घाँटी निमोटी हत्या गर्ने महिला जेल चलान

शिशुको घाँटी निमोटी हत्या गर्ने महिला जेल चलान

प्रकाशित मिति:

काठमाडौं : नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादखुर कार्कीको एकल इजलासले पुर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शक खड्काले जानकारी दिनुभयो । माधवीले यही भदौ ट गते अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै केराको साप्राले घाँटी निमोठेर हतया गरेकी थिइन् ।

त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उहाँलाई पक्राउ गरिएको थियो । महिला स्वास्थ्य स्वायंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो ।

सम्बन्धित् समाचार