गृहपृष्ठ खबर मोरङको मिक्लाजुङबाट दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङको मिक्लाजुङबाट दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रकाशित मिति:

विराटनगर : मोरङको मिक्लाजुङबाट प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई बिहीबार साँझ घरैबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।

उनका अनुसार घरमा बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा खानतलासीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली परिचालन गरिएको थियो।

घरमा छापा मार्दा लुकाईछिपाई राखिएको अवस्थामा दुई नाल भरुवा बन्दुक फेला परेपछि लिम्बूलाई पक्राउ गरिएको राईले बताए। भरुवा बन्दुक प्रयोग गरेर वन्यजन्तुको चोरी सिकारी गर्ने गरिएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित् समाचार