गृहपृष्ठ खबर ‘कपिलवस्तुमा भदौ १० को अबिरल बर्षाले एक बालकको मृत्यु र ७ करोड बढीको क्षति’

‘कपिलवस्तुमा भदौ १० को अबिरल बर्षाले एक बालकको मृत्यु र ७ करोड बढीको क्षति’

प्रकाशित मिति:

कपिलवस्तु : गत भदौ १० गते परेको अबिरल बर्षाले कपिलवस्तुको बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा गरी ७ करोड बढीको क्षति भएको भएको प्राराम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । यस्तै डुबानमा परि एक जना बालकको मृत्यु समेत भएको छ । बाणगंगा नगरपालिकाका ११ वटा वडा र कपिलवस्तु नगरपालिकाका वडा नम्बर ११ गरी सो धनमाल नोक्सान भएको हो । बाणगगां नगरपालिका अनुसार बर्षाले गर्दा डुबानमा परी बाणगंगा नगरपालिकामा ४१ घर पुर्णरुपमा भत्किएको नगरपालिकाका योजना फाटका प्रमुख सन्तराज आचार्यल बताए ।

५ सय ५५ वटा घर आंिशक रुपमा घर भत्किएको र पुर्णरुपमा खाद्यान्न नष्ट भएको प्रारंभिक प्रतिबेदन तयार भएको उनले बताए । आंशिक र पुर्णरुपमा घर भत्किएर करिब २ करोडको नोक्सानी भएको छ । ३ वटा गोठ भत्किदा ५० लाख, , २५ वटा माछापानल पोखरीमा १ करोड २ लाख, १० वटा कुखुरा फार्ममा ८१ लाख एक वटा बाख फर्ममा ३० हजारको क्षति भएको छ । यस्तै ३ खाद्यान्न मिलका ५० लाख, अन्य ५ उदोगमा २५ लाख, ३ किराना पसलमा १५ लाखको क्षति भएको छ । २ ईलेक्ट्रिक पसलमा १० लाख, अन्य २० पसलमा ८० लाख, सहकारी मल २ सय ४१ बोरा करिब ३ लाख, सहकारी मेशीनरी औजार, ८ लाखको क्षति भएको छ ।

एक बिद्यालयका ढेड लाखको बाउन्ड्रीबाल,साढे ८ कठ्ठाको तरकारी खेतीमा २ लाख, १६ कठ्ठा धान खेती कबिर ६५ लाख , ५ हजार मेवा बोट नष्ट भई १ करोड औधोगिक ग्राम निर्माणमा ११ लाख बढीको नोक्सानी भएको छ । नगरपालिका अनुसार सो डुबानले सबै भन्दा बढी नगरपालिका ११ ओदारीमा क्षति पुरेयाएको थियो । ओदारीमा त्यस दिन १ सय ८६ घर डुबानमा परेका थिए ।

उता ईलाका प्रहरी कार्यालय पिपरा अनुसार भदौ १० गतेको बर्षाले डुबानमा परी बाणगंगा नगरपालिका वडा नम्बर ३ र कपिलवस्तु नगरपालिका वडा नम्बर ११ गरी कुल ४४ परिवारका १ सय ७६ जना बिस्थापिवत भएका छन । यस्तै बाागंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर १० र ११ गरी कुल १ हजार ४७० परिवार प्रभावित भएको प्रहरी निरीक्षक दिनेश गूरुङले बताए ।

सम्बन्धित् समाचार