गृहपृष्ठ खबर सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ

प्रकाशित मिति:

कैलाली : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्रीले सपथ लिएका छन् ।मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा सपथ गराउनुभएको छ ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद र बोहरा बझाङबाट समानुपातिक सांसद हुन । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

पार्र्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो ।

सम्बन्धित् समाचार