गृहपृष्ठ खबर आजबाट इन्द्रजात्रा सुरु

आजबाट इन्द्रजात्रा सुरु

प्रकाशित मिति:

काठमाडौं : हनुमानढोकास्थित कालभैरव अगाडि यस्सिं ठड्याइएको छ। इन्द्रध्वजोत्थानसँगै यँयास् ९इन्द्रजात्रा० सुरु भएको छ। आजकै दिनदेखि चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको छ।

किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरुको स्वीकृति बिना उनीहरूको जग्गामा फूल टिपे। आफूहरूको जग्गामा फूल चोरेको भन्दै इन्द्रलाई समाइ बाँधेर नगर परिक्रमा गराए। इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीक स्वरूप इन्द्रजात्रा भर ‘यमबास्द्य’ राखिने प्रचलन रहेको छ।

आज साँझ ‘उपाकु वनेगु’ भनेर बौद्ध नेवारहरुले पाल्चामा बत्ती बाल्दै खड्ग आकारको येँ नगर परिक्रमा गर्ने गर्छन्। वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा बौद्ध नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ।

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धर उपाकु बौद्ध नेवारहरुले पितृ मोक्षका लागि मनाउने पर्व रहेको बताउँछन्। गाईजात्रामा हिन्दु नेवारहरुले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरि बौद्ध नेवारहरुले नगर परिक्रमा गर्ने उनले बताए।

उपाकु आएकाहरुले ठँहिटी, ज्याथा ,भोटाहिटी,महाबौद्ध,न्युरोड गेट तेबहाल,सुन्धारा,बागदरबार लगन,ह्युमत, जैशीदेगस्, कोहिटी, भीमसेनस्थानहुँदै नगर परिक्रमा गर्छन्। परिक्रमा गर्ने रुटहरुस्थित चैत्य र मन्दिरहरुमा समयबजी राख्ने प्रचलन छ। आजैबाट मजिपा लाखे, पुलुकिसी, स्वस्भकु लगायतका नाच पनि प्रदर्शन हुन्छन्।

सम्बन्धित् समाचार