गृहपृष्ठ खबर सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिन- नेता सिंह

सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिन- नेता सिंह

प्रकाशित मिति:

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गणेशमान सिंह फाउन्डेसन्ले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेस सँस्थापनइतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै टरिनसकेको बताए। ‘साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैन। त्यसका लागि निरन्तर छलफल भइरहेको छ,’उनले भने, ‘१४औँ महाधिवेशनमा मेरो उम्मेदवारी सभापतिमा हुनेछ। सभापतिका उम्मेदवारीबाट म पछि हट्ने छैन।’

नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै छिटै सरकारले पूर्णता पाउने बताए। कम्युनिष्टहरु असफल हुँदा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उनको भनाइ थियो। कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा उनले विश्वास व्यक्त गरे।

अर्को प्रसंगमा सिंहले महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधि र विधानअनुसार समाधान गर्नुपर्ने बताए।

सम्बन्धित् समाचार