गृहपृष्ठ खबर सोनु सुदमाथि २० करोडभन्दा बढी आयकर छली गरेको आरोप

सोनु सुदमाथि २० करोडभन्दा बढी आयकर छली गरेको आरोप

प्रकाशित मिति:

बलिउड अभिनेता सोनु सुदले २० करोडभन्दा बढी आयकर छली गरेको आरोप लागेको छ। भारतको आयकर विभागले शनिबार विज्ञप्ति जारी गर्दै सुदले आयकर छली गरेको बताएको हो।

विभागका अनुसार सुदको गैरनाफामूलक संस्थाले क्राउड फन्डिङमार्फत विदेशबाट दुई करोड १० लाख संकलन गरेको र यस्तो कार्य विदेशी योगदान अधिनियमको उल्लंघन भएको बताइएको छ।

‘२०२० जुलाई २१ मा अभिनेताद्वारा स्थापित च्यारिटी फाउन्डेसनले अहिलेसम्म १८ करोड ९४ लाख रुपयाँ दान संकलन गरेको छ। जसमा लगभग एक करोड ९० लाख रुपैयाँ विभिन्न राहत कार्यमा खर्च गरिए पनि १७ करोड रुपैयाँ खातामै रहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सोनु सुद र उनका सहयोगीहरूको घरमा छापा मारी गर्ने क्रममा कर छली गरेको प्रमाण भेटिएको विभागले जनाएको छ। ४८ वर्षीय सुद केही समयअघि मात्र अरबिन्द केजरीवालको आमआदमी पार्टीको ब्रान्ड एम्बेस्डर बनेका थिए।

 

सम्बन्धित् समाचार