बुटवल : लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा ५७ जनालाई विभिन्न विधाका पदकबाट विभूषित गरेको छ । सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार दिवसको अवसरमा १० वटा विधाका पदकबाट ७५ जनालाई विभूषित गर्ने घोषणा भएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार सबैभन्दा ठूलो प्रदेश प्रमुख सेवा पदक ‘क’ जनता समाजवादी पार्टीका नेता अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भूमिराज आचार्यलाई प्रदान गरिने भएको छ ।
उहाँ नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गर्ने निर्णय भएको हो ।