गृहपृष्ठ खबर सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। आइतबार तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य ८८ हजार ४५० कायम गरिएको छ।

चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलाको एक हजार १३५ रुपैयाँमा किचबेच भइरहेको छ। आइतबार चाँदी तोलाको एक हजार १५० मा कारोबार भएको थियो।

सम्बन्धित् समाचार