बुटवल : अविरल वर्षाका कारण बुटवल ३ ज्योतिनगरमा पहिरोले थप ९ वटा घर पुरेको छ। यसअघि गएको भदौ १३ गते पहिरोले सोही ठाउँका ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले ७ घर पुरिएको र १ दर्जन भन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको बताए।
सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न थालेको छ। निरन्तर पानी परि रहेकोले अहिले पनि उक्त क्षेत्रमा ढुङ्गा सहितको लेदो झरी रहेको प्रहरीले बताएको छ।
ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो। त्यतिवेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।