गृहपृष्ठ खबर बाणगंगाले दियो मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम

बाणगंगाले दियो मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगामा मेलमिलाप कर्ताहरुलाई एक दिने पुनर्ताजकी तालिम प्रदान गरिएको छ । बाणगंगा नगरपालिका न्यायिक समितिको आयोनाजामा एक दिने तालिम पिस हिमालायन रिसोर्ट ठाकुरापुरमा प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले एक दिने तालिममा उपस्थिती भई आफनो समय दिनुभएकोमा सम्पुर्ण मेलमिलाप कर्ताहरुलाई धन्यबाद दिदै मेलमिलाप कर्ताहरुलाई तालिम दिनुको उद्धेश्य समाजमा हुने विभिन्न बिषयका घटनाहरुलाई मेलमिलापको आधारमा न्याय दिने काम गरुन भन्ने हिसाबले तालिम संञ्चालन गरिएको बताउनुभयो ।

यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै जिल्ला न्यायधिश तेज प्रसाद शर्मा सापकोटाले मेलमिलाप कर्ताहरुले आफनो कामको पालना, नियमलाई आत्मासाथ गर्दै अगाडि बढ्नको लागि हौसला प्रदान गर्नुभएको थियो ।

यस्तै स्वागत मन्तव्य राख्दै न्यायिक समितिका सदस्य समेत रहनु भएका नगरका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले समाजमा घटने घटनालाई मेलमिलापको माध्यमबाट सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रवक्ता पौडेलले तालिममा सिकाएका कुरालाई व्यवहारमा उतारेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

बाणगंगाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक चक्रपाणी अर्यालको अध्यक्षता, नगरप्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, जिल्ला न्यायधिश तेज प्रसाद शर्मा सापकोटाको विशिष्ट आतिथ्यता रहेको तालिम बाणगंगा न्यायिक समितिका उजुरीकर्ता सन्तोष थापाको संचालनमा सम्पन्न भएको हो । कपिलवस्तु जिल्ला अदालतका नासु यज्ञ मुर्ति शर्मा र नगरपालिकाका कानुनी सहल्लाहाकार हुम नाथ पाण्डेले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

सम्बन्धित् समाचार